कीवर्डहरू -

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी वुमन कन्क्लेभ आयोजना हुँदै 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी वुमन कन्क्लेभ आयोजना हुँदै 

आगामी मार्च ७ मा आइसिटी वुमन कन्क्लेभ आयोजना हुने भएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन इन इन्फरमेसन टेक्नोलोजी, गल्र्स इन टेक नेपाल र एसएपी नेपालको संयुक्त आयोजनामा महिला सशक्तिकरणका लागी यो कार्यक्रम आयोजना हुने भएको हो ।

यस कार्यक्रममा विभिन्न उद्योगहरुमा भएका महिलाहरुको समस्या र लैङिगक समानताका लागी के कस्तो कार्यहरु गर्नुपर्ने भन्ने विषयमा छलफल गरिने भएको छ ।

डब्लुआईआईटीका अनुसार आइसिटी क्षेत्रका नेपाली महिलाहरुको लेख प्रकाशित भएर कार्यक्रमको सुरुवात हुनेछ ।

\"\"

गत बर्ष वुमन इन इन्फर्मेशन टेक्नोलोजीले आयोजना गरेको कार्यक्रमको  एक तस्बिर

यो कार्यक्रमका प्रमुख वक्ताको रुपमा मेडीसफ्ट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रनिता उपाध्याय र माइक्रोसफ्ट फर साउथइस्ट एसिया न्यू मार्केट्स इन एसिया प्यासिफिककी जनरल म्यानेजर सुक हुन चीहा छन् ।

यो कार्यक्रममा सोसल मिडियामा महिला, व्यवसायमा महिला, आइसिटी शिक्षामा महिला, विभिन्न निकायहरुमा महिला, आइसिटीमा महिलाका लागी उत्प्रेरणा जस्ता विषयमा राउण्ड टेबल छलफल हुने कार्यक्रम आयोजकले जानकारी दिएको छ ।

यो कार्यक्रममा प्रविधि क्षेत्रमा काम गरिरहेको विशिष्ट व्यक्तित्वहरुलाई बोलाइएको छ ।