अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्यापु मार्केटप्लेसले नेपाली महिलाहरूको गौरवशाली कार्य र सौन्दर्य पहिचान गर्न विषेश अफर ल्याएको छ।
यस अवसरमा ग्यापुले महिलाहरुलाई विभिन्न सामानहरुमा छुट प्रदान गर्दै छ। यसका लागि #womensdaywithgyapu मा भाग लिएर आर्कषक उपहार तथा छुट पाउन सकिन्छ ।
अफरमा भाग लिनेले लागि पहिले ग्यापु मार्केटप्लेसको फेसबुक पेजलाई समुदायलाई योग्दान दिएका महिला भन्ने वित्तिकै तपाईँको दिमागमा कस्को नाम आउँछ? जो महिलाको नाम दिमागमा आउँछ, उसको नाम राखेर #womensdaywithgyapu लेख्नुपर्दछ।
महिलाहरुको योग्दानलाई कदर गर्दै ग्यापुले नारी दिवस विशेष योजना बनाएको ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले बताए ।
ग्राहकहरुले उल्लेख गरेका महिलाहरुले सप्राइज उपहारहरु पाउनेछन् । अफरका सहभागीले ग्यापुको फेसबुक र इन्स्टाग्राम पेजमा गएर फलो गर्नुपर्ने र ग्यापु मार्केटप्लेसको एपलाई मोबाइलमा डाउनलोड गर्नुपर्ने बताइएको छ ।
नारी दिवसका दिन महिलाहरुले प्रयोग गर्ने सामानहरुमा ५० प्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै ब्युटि तथा कस्मेटिक समान र मिनिसोका सामानहरुमा भारी छुट दिइने बताइएको छ।
यस बाहेक पनि ग्यापुबाट सपिङ गर्दा ‘स्ट्रङगर वोमन’ को कुपन कोड प्रयोग गरेर रु २०० सम्मको छुटको व्यवस्था गरिएको छ।