कीवर्डहरू -

नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा

नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा

नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा पुगेको छ। पिकोस्याट नेपालको भर्चुअल रेडियोलोजिस्ट टिमले बनाएको हो ।

पिकोस्याट वातावरण स्याटेलाइटको सानो संस्करण हो जसले वातावरणको बारेमा जानकारी दिने गर्दछ ।

यसबाट वातावरणको प्रेसर, तापक्रम, ह्युमिडिटी र प्रदूषण स्तर मापन गर्न सकिन्छ । यसले वर्तमान समय र विगत २४ घण्टाको रेकर्ड दिन सक्छ ।

यो प्रोजेक्ट अवान श्रेष्ठ, संश्रृत पौडेल, आशिष अधिकारी र सबिल श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

माइक्रोसफ्ट इम्याजिन कपको विजेताले दश लाख भन्दा बढि रुपैयाँ, एजुरे क्रेडिट र वल्र्ड च्याम्पियनसिपमा चार स्थान पाउँनेछ । त्यस्तै रनरअप प्रोजेक्टले दुई लाख पच्चास हजार भन्दा बढि रुपैयाँ र एजुरे क्रेडिट पाउँनेछ ।