कीवर्डहरू -

२३ औं वार्षिकोत्सव मनाउँदै नेपाल दूरसञ्चार प्राधिकरण

२३ औं वार्षिकोत्सव मनाउँदै नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो २३ औं वार्षिकोत्सव मनाउँदै छ । प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको प्रमुख आतिथ्यतामा आफ्नो वार्षकोत्सव मनाइ रहेको छ ।

वार्षिकोत्सव कार्यक्रम बिहान ११ बजेदेखि नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय कमलादीमा शुरु भएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकायका रूपमा दूरसञ्चार प्राधिकरण २०५३ साल फागुन २० गते अर्थात आजकै दिन स्थापना भएको थियो ।

निजि क्षेत्रको सहभागिता गराई देशभर दूरसञ्चार सेवाको विकास, विस्तार तथा सञ्चालन गर्न आवश्यक स्वच्छ प्रतिस्पधात्मक वातावरणको सिर्जना गर्ने उदेश्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना भएको थियो ।