कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारी वर्षकै उत्कृष्ट कर्मचारी घोषित

दूरसञ्चार प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारी वर्षकै उत्कृष्ट कर्मचारी घोषित

नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारीलाई उत्कृष्ट कर्मचारी घोषणा गरेको छ । प्राधिकरणले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा अधिकारीलाई वर्षकै उत्कृष्ट कर्मचारी घोषित गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथी एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले १५ नगद सहित सम्मान पत्र प्रदान गरेका थिए ।

त्यस्तै प्राधिकरणले करारमा कार्यरत अन्य थप चारजना कर्मचारीहरुलाई पनि उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । उक्त कर्मचारीमा २ जना ड्राइभर, एक जना सुरक्षा गार्ड र एकजना कार्यालय सहयोगी रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गुरूङले १० हजार नगद सहित सम्मान पत्र प्रदान गरेका थिए ।