कीवर्डहरू -

जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आउने

जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आउने

आगामी जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम  (एमडीएमएस) कार्यान्वयनमा आउने भएको छ । दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आगामी जेठभित्रमा एमडीएस कार्यान्यवनमा आउने जानकारी दिएका हुन् ।

हाल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम स्थापनाको चरणमा रहेको उनले बताए । एमडीएमएस सिस्टम कार्यान्वयनमा आएपछि भन्सार छलेर अबैध रुपमा भित्रिएका मोबाइल सेट चल्ने छैनन् ।