कीवर्डहरू -

पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्यकता होः सञ्चारमन्त्री

पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्यकता होः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

बिहिबार नेपाल दूरसञ्चार प्राधिकरणको तेइसौँ वार्षिकोत्सवको अवसरमा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले प्राधिकरणलाई पूर्वाधार कम्पनी स्थापना गर्ने काम प्राथमिकताको साथ अगाडि बढाउन सुझाव दिए ।

पूर्वाधार कम्पनीको अभावले नेपालमा इन्टरनेट सस्तो बनाउन नसकिएको उनले बताए । उनले सहप्रयोगको नीति अहिले नेपालका लागी एकदमै आवश्यक रहेको पनि उल्लेख गरे ।