कीवर्डहरू -

३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुग्यो

३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुग्यो

३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले ३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार उपत्यका बाहेकका ५४२ स्थानीय तह, ४ हजार ४१२ वडा कार्यालय, ३ हजार १३१ स्वास्थ्य केन्द्र, ३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्य सम्ममा देशभर इन्टरनेट पुर्‍याउने कार्य करिब ९५ प्रतिशत सम्पन्न भइसक्ने उनले बताए ।