कीवर्डहरू -

स्मार्ट सिटी, आईओटी र मसिन टु मसिन कम्युनिकेसनका लागि फ्रिक्वेन्सी व्यवस्था गर्दै प्राधिकरण

स्मार्ट सिटी, आईओटी र मसिन टु मसिन कम्युनिकेसनका लागि फ्रिक्वेन्सी व्यवस्था गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन कम्युनिकेसनका लागि आवश्यक पर्ने फ्रिक्वेन्सीको व्यवस्था गर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन (एमटुएम) कम्युनिकेसनको लागि प्रक्रिया अगाडी बढाएको जानकारी दिएका हुन् ।

नागरिकको गुणस्तरिय एवं सहज जिवन जिउने वातावरण तयार गर्न नविनतम प्रविधि तथा सेवाहरु जस्तै स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन (एमटुएम) कम्युनिकेसनको लागि आवश्यक पर्ने फ्रिक्वेन्सोको व्यवस्थाको लागि प्रक्रिया अगाडी बढाईएको उनले बताए ।