कीवर्डहरू -

६७ लाखले फोरजी सेवा प्रयोग गर्दै

६७ लाखले फोरजी सेवा प्रयोग गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले करिब ६७ लाख सर्वसाधारणले फोरजी सेवा प्रयोग गरिरहेको बताएका छन् ।

प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष खनालले करिब ६७ लाख सर्वसाधारणहरु फोरजी सेवाबाट लाभान्वित भएको जानकारी दिएका हुन् ।

हालसम्म देशका ७७ जिल्लाका प्रमुख शहरहरुमा फोरजी सेवा विस्तार भएको उनले बताए । उनले भने, ‘विस्तारै आगामी छ महिना भित्र राज्यको सम्पूर्ण भागमा फोरजी सेवा विस्तार हुने वातावरण तयार भएको छ ।’