कीवर्डहरू -

प्राधिकरणले सार्वजनिक गर्‍यो इन्फरमेसन सिस्टम अडिटर र क्लाउड अडिटरको सूची 

प्राधिकरणले सार्वजनिक गर्‍यो इन्फरमेसन सिस्टम अडिटर र क्लाउड अडिटरको सूची 

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागी अडिटर फर्महरुको सूची सार्वजनिक गरेको छ । प्राधिकरणले बुधबार अडिटर फर्महरुको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको अडिटर फर्मको सूचीमा इन्फरमेसन सिस्टम अडिट र क्लाउड अडिट गरी दुई विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी सात सात ओटा कम्पनी रहेका छन् ।

प्राधिकरणले छनौट गरेका फर्महरुमा भारतका प्राइस वाटरहाउस कुपर्स प्रालि, एप्टिसा इन्डिया लिमिटेड र बिडिओ इन्डिया एलएलपी रहेका छन् ।

त्यस्तै नेपालका एमिनेन्स वेज प्रालि, बिज सर्भ आईटी प्रालि, बिके अग्रवाल एण्ड को (क्रोवे नेपाल) काठमाडौंका साथै भारतको एभरेष्ट टेलिकम एन्ड आईटी सोलुसन्स प्रालि र आनन्द जांगिद एन्ड एसोसियट्स, बेंग्लोर रहेका छन् ।

साथै युएईको एसथ्री टेल इंक पनि प्राधिकरणले सार्वजनिक गरेको सूचीमा रहेको छ । प्राधिकरणले सार्वजनिक गरेका यी सात वटा फर्महरुले अब नेपालका दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको अडिट गर्नेछन् ।

केही समय अगाडि नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सूरक्षा विनियमावली २०७७ जारी गर्दै प्राधिकरणबाट अनुमति प्राप्त सबै सेवा प्रदायकहरुले अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था गरेको थियो ।