विदेशी एयरलाइन्सहरुले अब नेपाली आकाशमा इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । बिहिबार नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् ।
खनालका अनुसार दशहजार फिट माथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसंचार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी प्राधिकरणको रहेको छ ।
‘आईकाओ सम्बन्धि सन्धि तथा दूरसंचार ऐन २०५३ को व्यवस्था बमोजिम दशहजार फिट माथिको नेपाली आकाशमा विदेशी एरलाइन्सहरुले पनि दूरसंचार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी भैरहेको छ,’ उनले भने ।
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      