आगामी वर्ष भित्र फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया शुरू हुने भएको छ । बिहिबार आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् ।
खनालले स्पेक्ट्रम रोडम्याप तयार गरी आगामी बर्ष भित्र फाइभजी सेवाको लागि आवश्यक फ्रिक्वेन्सीको सुनिश्चितता गर्दै सेवा प्रदायकहरुलाई फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया प्रारम्भ गरिने बताए ।