कीवर्डहरू -

धार्मिक तथा पर्यटकिय स्थलमा अब वाईफाई सेवा 

धार्मिक तथा पर्यटकिय स्थलमा अब वाईफाई सेवा 

धार्मिक तथा पर्यटकिय स्थलहरुमा वाईफाई सेवा उपलब्ध हुने भएको छ । बिहिबार आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् ।

खनालका अनुसार धार्मिक तथा पर्यटकिय स्थलहरु (एभरेष्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, लुम्बिनि परिसर, जानकी मन्दिर परिसर, पाथिभरा हलेसी, स्वर्गद्वारी, बराहक्षेत्र, मुक्तिनाथ, जामे मस्जिद काठमाडौं र गुरूद्वारा) लगायतका स्थानमा वाईफाई इन्टरनेट सेवा पुर्‍याउने कार्य प्रारम्भ गरिएको छ ।

जसमा धार्मिक स्थलहरु अन्तरगतको प्याकेजको कार्य सम्पन्न भइसकेको छ भने पर्यटकिय स्थलहरु अन्तरगतको प्याकेजको ५० प्रतिशत कार्य सम्पन्न भएको छ ।