कीवर्डहरू -

आफ्नै सर्च इन्जिन ल्याउँदै ब्रेभ

आफ्नै सर्च इन्जिन ल्याउँदै ब्रेभ

गोपनीयतामा केन्द्रित रहेको ब्राउजर ब्रेभले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ। यसका लागि ब्रेभले टेलक्याट नामक ओपन सोर्स इन्जिन खरिद गरेको छ ।

कम्पनीले अरुलाई पनि आफ्नो सर्च इन्जिन बनाउन ब्रेभ सर्च टेकको प्रयोग गर्न दिने जनाएको छ ।

कम्पनीका अनुसार यो सर्च इन्जिन गूगल सर्च र क्रोमको विकल्पको रुपमा काम गर्नेछ । ब्रेभले आफ्नै ब्राउजरको नीति प्रयोग गरेर ब्रेभ सर्च इन्जिन बनाउनेछ ।

ब्रेभका हाल २ करोड ५० लाख सक्रिय प्रयोगकर्ता रहेका छन् । ब्रेभ सर्च इन्जिन विज्ञापन र विज्ञापन रहित दुवैखालको मोडेलमा बनाइने छ ।

ब्रेभले पारदर्शि बन्नलाई कुनै सिक्रेट प्रक्रिया या अल्गोरिदम प्रयोग गर्ने छैन् । प्रयोगकर्ताको गोपनियता पनि सुरक्षित हुने कम्पनीले बताएको छ । यसमा केही कुरा खोज्न पनि सहज हुने कम्पनीको भनाई छ ।