कीवर्डहरू -

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता \'गौरव राज उपाध्याय\' एप्निक (APNIC) को सदस्यमा पुन : निर्वाचित

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता ।  इन्टरनेटको क्षेत्रमा विश्वमा प्रतिनिधि गर्ने उहाँ सम्भवत दक्षिण एसियाकै पहिलो व्यत्ति हो । 

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता \'गौरव राज उपाध्याय\' एप्निक (APNIC) को सदस्यमा पुन : निर्वाचित

गौरव राज उपाध्याय
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता

एसिया प्यासिफिक नेटवर्क इन्फरमेशन सेन्टर (एप्निक - APNIC) मा गौरवराज उपाध्याय यस वर्ष सन् २०२१ देखि २०२३ को लागि पून निर्वाचित हुनुभएको छ । उपाध्याय सन् २००७ देखि २०२१ सम्म एप्निकमा रहदा विभिन्न कमिटीको अध्यक्ष भएर समेत काम गर्नुभएको छ । सन् २०२१ मार्चसम्म उपाध्याय इसी मेम्बरको अध्यक्ष हुनुहुन्थ्यो  ।

सन् २०२३ सम्मको लागि उहाँसगै योसिनोवु मत्सुजाकी र फेङलेङ पनि सदस्यमा निर्वाचित हुनुभएको NREN का निराजन पराजुलीले जानकारी दिनुभयो । इन्टरनेटको क्षेत्रमा विश्वमा प्रतिनिधि गर्ने उहाँ सम्भवत दक्षिण एसियाकै पहिलो व्यत्ति हो ।

\"\"


नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ  । यस विधामा हुवावे आइसिटी अवार्ड २०२० को लागि १७ वटा नोमिनेशन प्रत्यक्ष रुपमा प्राप्त भएको थियो । १४ जना जुरी सदस्यको संलग्नतामा विभिन्न चरणको छनौट पश्चात विजेता हुनुभएको छ, गौरव राज उपाध्याय । अवार्ड वितरण कार्यक्रममा उहाँको तर्फबाट एक्सेस वल्र्डका प्रवन्ध निर्देशक किशोर पन्तले अवार्ड ग्रहण गर्नुभएको थियो ।

गौरव राज उपाध्याय इन्टरनेट क्षेत्रको विकास, विस्तार र व्यवस्थापनमा दुई दशक भन्दा बढि समयदेखि सक्रिय रहनुभएको छ । हालैमा भने उहाँ अमेजन कम्पनीमा जीएनडी पूर्वाधारको प्रिन्सिपलको रुपमा काम गरिरहनुभएको छ । उहाँले यस भन्दा पहिले लाइमलाइट नेटवर्कको लागी रणनीति र इन्टर कनेक्सनको वरिष्ठ निर्देशकको रुपमा र प्याकेट क्लीअरीङ् हाउसमा वरिष्ट इन्टरनेट विश्लेषकको रुपमा काम गर्नुभएको थियो ।

त्यसैगरी उहाँले एपीआईएक्स, नेपाल वायरलेस प्रोजेक्ट, क्यान, आइस्पान नेपालमा संलग्नता रहेको थियो । २०१० मा उपाध्याय विदेश गएपछि पनि  नेपालको आइटी क्षेत्रमा उहाँको प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा योगदान रहिरहेको छ । उहाले विशेष गरी इन्टरनेट सेवा प्रदायक, इन्टरनेट प्रोटोकलको क्षेत्रमा काम गर्दै आइरहनुभएको छ ।


आप्रिकट नेपालमा आयोजना गर्न सफल हुनुलाई उहाँले एउटा ठूलो लक्ष्य पुरा भएको रुपमा लिनुहुन्छ । नेपालमा आप्रिकटको सञ्चालन गर्ने उहाँहरुको करिब १५÷२० वर्षको लक्ष्य थियो । एउटा विकासोन्मुख देशमार्फत विदेशी भूमीमा प्रतिनिधित्व गर्न पाउँदा उहाँ एकदमै खुशी हुनुहुन्छ । उहाँले नेपाल इन्टरनेट एक्सचेन्जको स्थापना  गर्नुभएको थियो । उपाध्यायले विकासोन्मुख देशहरुमा सानो मल्टि प्रोटोकलको क्षेत्रमा अर्थतन्त्रको विकास गर्नका लागी काम गरिरहनुभएको छ । सन २००३ मा उहाँले दक्षिण एसियाली नेटवर्क अपरेटर्स समूहको संस्थापन गर्नुभएको थियो । यसले सयौँ नेटवर्क इन्जिनियरहरुलाई प्रशिक्षित गरेर इन्टरनेट समुदायलाई सँगै ल्याउने काम पनि गरेको थियो ।

\"\"

उपाध्पायायले नेपाल  रीसर्च एडुकेसन नेटवर्कसँग मिलेर नेपालमा पनि इन्टरनेट अप्रेसन रीसर्चको क्षेत्रमा काम गरिरहनुभएको छ । विदेशी कम्पनीलाई नेपाली इन्टरनेट सेवा प्रदायक र प्रयोगर्तासँग जोड्नका लागी महत्वपुर्ण योगदान दिनुभएको छ । योसँगै नेपाली स्नातक विद्यार्थीहरुलाई विदेशी प्लेटफर्ममा चिनाउनका लागी पनि मद्दत पु¥याइरहनु भएको छ ।

सन् २०१८ मा विश्वभरका इन्टरनेट तथा आइटी कम्पनीहरु नेपाल ल्याएर एप्रिकोट(APRICOT) समेत आयोजना गर्न सफल उपाध्याय इन्टरनेटको क्षेत्रमा विश्वभर चिनिएका नेपाली हुन ।


सन् २०१८ मा विश्वभरका इन्टरनेट तथा आइटी कम्पनीहरु नेपाल ल्याएर एप्रिकोट समेत आयोजना गर्न सफल उपाध्याय इन्टरनेटको क्षेत्रमा विश्वभर चिनिएका नेपाली हुन । पछिल्लो समय अन्तराष्ट्रिय कम्पनीहरु नेपाल भित्राउन पनि उहाँले पहल गरिरहनुभएको छ । उहाँले निरन्तर रुपमा २००४ साल देखि एप्रिकोट कार्यक्रम समितिमा सेवा पु¥याउँदै आइरहनुभएको छ । सन् २००७ देखि २००९ सम्म अध्यक्षको रुपमा पनि काम गर्नुभएको छ ।

उपाध्यायले ठूल्ठूला टेक प्रोजेक्टका लागी रणनीति पनि तयार पार्ने काममा सहयोग पु¥याउनुहुन्छ । कुनै नयाँ काम गर्नका लागी सही प्रक्रियाको पनि जरुरत हुने भएकाले प्रयास गर्नबाट पछि हट्न नहुने उनको भनाइ रहेको छ । प्रयासमा सफल नै नभएमा त्यसमा सिखेको शिक्षालाई अर्काे काममा प्रयोग गर्न सकिन्छ । आफ्नो प्रोजेकटले कसैको समस्या हल गर्ने खालको काम गरेमा राम्रो हुने उनको भनाइ रहेको छ ।