कीवर्डहरू -

भिडियो गेम देखि फिटनेस वाच सम्म यी हुन् ४ उत्कृष्ट ग्याजेट्स

भिडियो गेम देखि फिटनेस वाच सम्म यी हुन् ४ उत्कृष्ट ग्याजेट्स

टेक्नोलोजीमा दैनिक रुपमा परिवर्तन भइरहेको हुन्छ ।प्रयोगकर्ताहरुको आवश्यकतालाई ध्यानमा राखेर धेरै कम्पनिहरुले धेरै किसिमका फिचर समावेश भएका कैयौँ ग्याजेट्सहरु निर्माण गरिरहेका हुन्छन् । यसै मध्येमा तपाइको जीवनमा पनि महत्त्व राख्ने चार ग्याजेट्सको बारेमा तल हामीले चर्चा गरेका छौँ । विभिन्न भिडियो गेम तथा तपाइको स्वास्थ्यको ख्याल राख्ने सम्मका कामहरु यी ग्याजेट्सले गर्द्छन । जानौ यी ग्याजेट्सको फिचरहरुको बारेमा:

Garmin Vivofit 4 :

यो एउटा फिटनेस ब्याण्ड हो । Garmin Vivofit  4 को मूल्य करिब ८ हजार पर्छ । यो भिभोफिट फिटनेस ब्याण्डले प्रयोगकर्ताहरुका सम्पूर्ण क्रियाकलापहरुमा नजर राख्छ । यो डिभाइसले एक बर्ष भन्दा धेरै ब्याट्री ब्याक अप दिन्छ । यो फिटनेस वाचमा बिल्टइन अल्वेज अन डिस्प्ले दिएको छ । डिभाइसमा समय , दिन , टाइमर र स्टेप काउन्टर जस्ता फिचर्स एक्सेस गर्न सकिन्छ ।

साथमा डिभाइसको डिस्प्लेमा तपाइँले मौसमको जानकारी पनि प्राप्त गर्न सक्नु हुन्छ । यो ब्याण्डले तपाइको एक्टिभिटिजलाई ट्रयाक गर्छ । यसमध्ये रनिङ,वकिङ,बाइकिङ तथा स्विमिङ आदि पर्छन । यो फिटनेस ब्याण्डबाट एउटा बटन दबाएर तपाइले आफ्नो फोन खोज्न सक्नुहुन्छ । यसले तपाइको स्टेप्स,डिस्टेन्स तथा क्यालोरी बर्नको हिसाब समेत राख्छ ।

PXN 0082 Game Controller :

अहिलेको नयाँ टेक्नोलोजीले धेरै पुराना प्रबिधिहरुलाई विस्थापित गर्दै गइरहेको छ ।यसकारण आजकल हरेक चिजमा टच स्क्रिन हुन्छ र गेम खेल्दा पनि प्रयोगकर्ताहरु टच स्क्रिनमा खेल्ने गर्छन् ।तर यदि पुरानो दिनलाई सम्झिने हो भने त्यसबेलामा जोय स्टिकको मद्दतले गेम खेल्ने गरिथ्यो । joy stick मा धेरै बटनहरु हुन्थ्ये जसको मद्दतले प्रयोगकर्ताहरुले आफ्नो गेम कन्ट्रोल गर्ने गर्द्थे । तर गियरबक्सको पीएक्सएन कन्ट्रोलरले तपाइले उक्त पुरानो अनुभबलाई पुन ताजा गर्न सक्नु हुनेछ । यो डिभाइसलाई प्रयोगकर्ताहरुले धेरै मन पराइ रहेका छन् ।

GoPro HERO :

'गोप्रो हिरो' एक एक्सन क्यामेरा हो । यो क्यामेरा १० मिटर पानीको गहिराई सम्म काम गर्न सक्छ । उक्त डिभाइसमा वाइड एन्गल भ्यु,भ्वाइस कन्ट्रोल,तथा स्टेबिलाईजेशन जस्ता फिचर्स समवेश छन् । यसमा १० मेगापिक्सेलको क्यामेरा छ । यसमा १/२.३ इन्चको सीएमओएस सेन्सर लगाइएको छ । यो डिभाइसमा ६० एफपीएस र् ३० एफपीएसमा ४ के रेकर्डीङ गर्न सकिन्छ ।

TomTom Spark 3 :

TomTom Spark 3 एउटा फिटनेस वाच हो । यसले तपाइको एक्टिभिटी मनिटर गर्न सक्छ । यसका साथै यसले ४० मिटर पानीको गहिराइ सम्म पनि काम गर्छ । त्यसैले यसलाई स्विमिंग गर्दा पनि प्रयोग गर्न सकिन्छ । यो फिटनेस ब्याण्डमा हार्टरेट ट्रयाकर लगाइएको छ,जसको मद्दतले तपाइले आफ्नो मुटुको धड्कन मनिटर गर्न सक्नुहुन्छ ।

यसबाहेक यो डिभाइसलाई तपाइँ आफ्नो फोन संग कनेक्ट गरेर संगीतको समेत मजा लिन सक्नुहुन्छ । यो फिटनेस ब्याण्डले २ हफ्ता सम्मको ब्याट्री ब्याक अप दिन्छ । यसले एन्ड्रोइड तथा आइओएस दुवै प्ल्याटफर्मलाई सपोर्ट गर्छ ।