कीवर्डहरू -

कर्पोरेट पेको ५० दिनः ५० करोड कारोबार, ५० व्यवसाय आवद्ध

कर्पोरेट पेको ५० दिनः ५० करोड कारोबार, ५० व्यवसाय आवद्ध

कर्पोरेट पे शुरू भएको ५० दिनमा आइपुग्दा ५० करोड भन्दा बढीको भुक्तानी कारोबार फर्छौट भएको छ । बैंक वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली संचालनमा आएको थियो ।

यस प्रणाली मार्फत अन्तर बैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ ।

त्यस्तै व्यावसायिक ग्राहक एवं सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको छ ।

यी भुक्तानीहरू व्यावसायिक ग्राहकले छनोट गरे बमोजिम कनेक्ट आईपीएस मार्फत रियल टाइममा र एनसीएचएल आईपीएस मार्फत नन रियल टाइममा गर्न सकिन्छ ।

साथै यस प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था पनि रहेको छ ।

नेपाल क्लियसरिङ हाउसले कर्पोरेट पे प्रणाली थालनी भएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्ने विश्वास लिएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालन गरिएको उक्त प्राणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक सँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

हाल २५ भन्दा बढी बैंक वित्तीय संस्थाहरु मार्फत उक्त प्राणाली प्राप्त गर्न सकिन्छ र आफ्ना थप ग्राहकहरुलाई प्रणालीमा आबद्ध गराउँदै आएका छन् ।