कीवर्डहरू -

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको क्युआर भुक्तानी सेवा 

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको क्युआर भुक्तानी सेवा 

एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्युआर भुक्तानी सेवा उपलब्ध गराएको छ ।

यस सन्दर्भमा बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्युआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ । जसमार्फत कम्प्युटरको स्क्रिनमै क्युआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्नेछन् ।

फोन पेमा आबद्ध बैंकका ग्राहकहरूले उक्त डिपार्टमेन्ट स्टोरका मोरब जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाको इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट क्युआर भुक्तानी सेवा प्रयोग गर्न सक्नेछन् ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्युआरबाट भुक्तानी गर्नेको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको छ ।

बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर ४१ हजार भन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट,क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटिएम, ७५ वटाविस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।