कीवर्डहरू -

डिशहोमले मेयर कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै

डिशहोमले मेयर कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजीत मेयर कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयर कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली, १ बागमती टोलि र काठमाडौ‌ महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

फाल्गुण २९ गतेसम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौ महानगरपालिका गरि सहभागी ५ टाली रहेको छ ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।