अल्फाबेटको मुन सट फ्याक्ट्रीले भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्ने भएको छ । यसले मान्छेको सुन्न सक्ने क्षमतालाई अगमेन्ट गरिदिन्छ । रिपोर्ट अनुसार यसको कोडनाम वुलभरिन रहेको छ ।
सन् २०१८ देखि नै कम्पनीले भिडमा कुनै भिन्न आवाज चिन्न सक्ने वेयरेबलको निर्माण गरिरहेको थियो । यसका लागी कम्पनीले भिन्दाभिन्दै प्रोटोटाइपको पनि निर्माण गरेको थियो । पहिलेको प्रोटोटाइपहरु पुरै काननै ढाक्ने खालको थियो तर अबको मोडेललाई सानो बनाइएको छ ।
यो वीस्पर भन्ने स्र्टाटअपले बनाएको गत सालको एनालग जस्तै रहेको छ । वुलभरिन कहिले सार्वजनिक हुन्छ भन्ने बारे कम्पनीले केही पनि बताएको छैन् । तर यसले वेयरेबलको निर्माण ट्रेण्डमा एकदमै परिवर्तन ल्याउने अनुमान लगाउन सकिन्छ ।