कीवर्डहरू -

टिकटकमा आयो क्यूएनए फिचर

टिकटकमा आयो क्यूएनए फिचर

टिकटकमा प्रश्न उत्तर (क्यूएनए) फिचर उपलब्ध भएको छ । सबै प्रयोगकर्ताका लागि क्यूएनए फिचर आधिकारिक रुपमा सार्वजनिक भएको हो ।

यो फिचर गत महिना देखिनै टिकटकले १० हजार वा त्यो भन्दा बढि फलोअर भएको प्रयोगकर्तालाई परिक्षणका लागी दिएको थियो । तर अब क्रियटर अकाउन्ट भएको सबैले यो फिचरको प्रयोग गर्न पाउनेछन् ।

यो फिचरलाई एक्टीभेट गरेपछि दर्शकरुले प्रश्न चिह्न प्रयोग गरेर  आफ्नो कमेन्टलाई प्रश्न बनाउन सक्नेछन् ।  भिडियो क्रियटरहरुले कमेन्ट फिल्टर गरेर त्यसको उत्तर दिन सक्नेछन् ।

यो फिचर लाइभ स्ट्रीममा पनि काम लाग्नेछ । टिकटकले छुट्टै क्यूएनए ट्याब पनि राख्ने भएको छ । भ्यूअरहरुले क्यूएनए सेक्सनमा सिधै प्रश्नहरु पनि राख्न सक्छन् ।