कीवर्डहरू -

‘आइसिटी वुमन कन्क्लेभ’ शुरू

‘आइसिटी वुमन कन्क्लेभ’ शुरू

आइसिटी वुमन कन्क्लेभ कार्यक्रम शुरू भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन इन इन्फरमेसन टेक्नोलोजी, गल्र्स इन टेक नेपाल र एसएपी नेपालको संयुक्त आयोजनामा महिला सशक्तिकरणका लागी यो कार्यक्रम शुरू भएको हो ।

यस कार्यक्रममा विभिन्न उद्योगहरुमा भएका महिलाहरुको समस्या र लैङिगक समानताका लागी के कस्तो कार्यहरु गर्नुपर्ने भन्ने विषयमा छलफल गरिने छ ।

यो कार्यक्रमका प्रमुख वक्ताको रुपमा मेडीसफ्ट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रनिता उपाध्याय र माइक्रोसफ्ट फर साउथइस्ट एसिया न्यू मार्केट्स इन एसिया प्यासिफिककी जनरल म्यानेजर सुक हुन चीहा छन् ।

यो कार्यक्रममा सोसल मिडियामा महिला, व्यवसायमा महिला, आइसिटी शिक्षामा महिला, विभिन्न निकायहरुमा महिला, आइसिटीमा महिलाका लागी उत्प्रेरणा जस्ता विषयमा राउण्ड टेबल छलफल हुनेछ ।

कार्यक्रम वुमन इन इन्फरमेसन टेक्नोलोजीको फेसबुक पेजबाट समेत लाइभ प्रसारण भइरहेको छ ।