कीवर्डहरू -

कविता : ‘सूचना तथा सञ्चार प्रविधिमा महिला’ - रोजा किरण बासुकला

कविता : ‘सूचना तथा सञ्चार प्रविधिमा महिला’ - रोजा किरण बासुकला

सूचना तथा सञ्चार प्रविधिमा महिला

बढाऔं  हर प्रयासले सबैका पाइला

जीवनका हरेक पल बनाउन रमाइला

सबै क्षेत्र समेट्न चाहिने सोच गहकिला । ।

महिला र पुरूष भनी नराखौं भेदभाव

प्रविधिमैत्री बन्न आवश्यक छ लगाव

दक्षताको लागि निरन्तर चाहिने झुकाव

अनि मात्र हुन सक्छ सफलताको अनुभव । ।

द्रुततर गतिमा अघि बढेको प्रविधिको ज्ञान

प्रविधिमैत्री महिलाको लागि चालौं अभियान

महिलाले पनि प्रविधिमा साथ दिन सक्छ ठान

अनि मात्र हुन सक्छ विकास र समृद्धिको भान । ।

निरक्षर महिलालाई चलाउन सिकाऔं कम्तिमा फोन

साधारण साक्षर महिलाले पनि चलाऔं स्मार्ट फोन

साक्षर महिलाले प्रयोग गरौं प्रविधिका अनेक साधन

प्रविधि बुझ्ने महिलाले निर्माण गरौं प्रविधिका सामान । ।

यसरी बनाऔं महिलालाई प्रविधिमा अभ्यस्त

अनि बन्छन् महिला पनि प्रविधिमा व्यस्त

प्रविधिको सदुपयोगले जीवन बन्छ मस्त

डिजिटल नेपाल निर्माणले गति लिन्छ चुस्त । ।

साभार स्रोत : वुमन इन आइटीले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रकाशन गरेको म्यागजिन