कीवर्डहरू -

कुमारी बैंकको डिजिटल च्यालेन्ज, आईफोन १२ सँगै सामसङको ट्याब जित्ने मौका

कुमारी बैंकको डिजिटल च्यालेन्ज, आईफोन १२ सँगै सामसङको ट्याब जित्ने मौका

डिजिटल कारोबार प्रवर्द्धन गर्ने उदेश्यले कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ नामक योजना सुरु गरेको छ । यो योजना अन्तर्गत कुमारी बैंकको ‘कुमारी स्मार्ट’ प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्नेछन् ।

यसका साथै ५ जना भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ । ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी शुरुमा टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।

यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरू मध्ये एकले आइफोन १२ प्राप्त गर्ने बैंकले जनाएको छ । यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरूमध्ये ५ भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात सामसङ ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।

कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंकमा आफ्नो खाता खोलेका वा कायम गरेको पर्ने पनि बैंकले जनाएको छ ।

बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरेपछि ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्म मात्र लागू हुनेछ ।