कीवर्डहरू -

नोकिया १.४ नेपालमा, यस्तो छ मूल्य र बिशेषताहरु

नोकिया १.४ नेपालमा, यस्तो छ मूल्य र बिशेषताहरु

नेपाली बजारमा नोकिया १.४ स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५१ इन्च एचडी प्लस यो स्मार्टफोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो ।

यो एचडी प्लस स्क्रिन भिडियो कलिंग एपको साथ आउने भन्दै उनले जुन परिवारलाई वर्तमान अवस्थाको बीचमा जडित रहन मद्दत गर्ने एचएमडी ग्लोबलका हेड अफ पान एसियाका रवि कुँवरले बताए ।

यसमा डुअल क्यामेरा रहेको छ, जसमा ८ मेगापिक्सेलको प्राइमरी क्यामेरा र २ मेगापिक्सेल डेप्थ क्यामेरा रहेको छ भने ५ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।

गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

‘क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराको शक्तिशाली संयोजनले परिवारको अनमोल यादहरूलाई आश्चर्यजनक बोकेह पाट्रेट र कम–प्रकाश सुन्दर शटहरूमा खिच्दछ ।

यसमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज राखिएको छ । एन्ड्रोइड टेन गो एडिसनमा सञ्चालित मोबाइलमा फिंगरप्रिन्टको सुविधा रहेको छ ।

फोनमा क्वालकम स्न्यापड्रयाग्न २१५ प्रोसेसर प्रयोग गरिएको छ । यसमा ४ हजार एमएएचको ब्याट्री राखिएको छ ।  नेपालमा यसको मूल्य १२ हजार ८९९ रुपैयाँ तोकिएको छ ।