कीवर्डहरू -

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार गर्दै नेपाल क्लियरिङ हाउस

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार गर्दै नेपाल क्लियरिङ हाउस

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार आयोजना हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार आयोजना गरेको हो ।

यो वेबिनार कार्यक्रम फागुन २५ गते मंगलबार साँझ ५ बजेबाट शुरु हुनेछ । वेबिनार नेपाल क्लियरिङ हाउस लिमिटेड को फेसबुक पेजमा समेत प्रत्यक्ष प्रसारण हुनेछ ।

वेबिनार कार्यक्रममा वक्ताको रूपमा नेपाल राष्ट्र बैंकको राष्ट्रिय ऋण व्यवस्थापन विभागकी डा. नीलम ढुङ्गाना तिम्सिना र मेगा बैंककी सीईओ अनुपम खुँजेली उपस्थित हुनेछन् ।

त्यसैगरी सो कार्यक्रममा वक्ताको रूपमा सीडीएस तथा क्लियरिङ लिमिटेडकी प्रमुख सञ्चालन कञ्चन सापकोटा र युनाइटेड इन्स्योरेन्सकी का.मु. सीईओ उपासना पौडेल उपस्थित हुनेछन् ।