कीवर्डहरू -

ह्याकरले चोरे यूरोपेली खोपको डेटा

ह्याकरले चोरे यूरोपेली खोपको डेटा

रुसी र चिनियाँ ह्याकरहरुले यूरोपेली खोपको डेटा चोरेको अनुमान लगाइएको छ । रोयटर्सको रिपोर्ट अनुसार रुस र चीन दुवैले डिसेम्बरमा यूरोपीयन मेडिसिन्स एजेन्सीलाई साइबर अट्याक गरेका थिए ।

यो क्रममा ह्याकरले खोपको कागजात र उपचार पनि चोरेको आरोप लगाइएको छ । रुसी ह्याकरहरुले खोपको प्रणालीमा एक महिनासम्म पहुँच गरेको बताइएको छ ।

त्यो एक महिनामा पीएफाइजर/बायोएनटेक खोप कहाँ कहाँ विक्री हुन्छ भनेर ह्याकरहरुले जानकारी लिएको पनि जनाइएको छ ।

चिनियाँ ह्याकरहरुले सन् २०२० को पहिलो भागमा आक्रमण गरेका थिए भने रुसले केही समय पछि ह्याक गरेको बताइएको छ ।

यूरोपीयन मेडिसिन्स एजेन्सी (ईएमए) ले डिसेम्बरमा नै आफ्नो सिस्टममा ब्रिच भएको पनि बताएको थियो तर कसले गरेको भन्ने बारे खुलाइएको छैन् । ईएमएले यसको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।