कीवर्डहरू -

प्रविधि क्षेत्रको विकासका लागि पञ्च वर्षिय योजना ल्याउँदै चीन

प्रविधि क्षेत्रको विकासका लागि पञ्च वर्षिय योजना ल्याउँदै चीन

चिनियाँ प्रविधि उद्योग अमेरिकाको व्यवसायिक तनाव र आर्थिक अनिश्चितताका कारणले एकदमै ग्रसित भएको छ । सोही समस्यालाई निर्मूल पार्न चीनले पाँच वर्षिय योजना ल्याउने भएको छ ।

सो योजना अनुसार राष्ट्रले प्रविधि क्षेत्रमा राष्ट्रिय सुरक्षा र सर्वाङ्गिण विकासलाई सबैन्दा बढि प्राथमिकता दिनेछ ।

यसका लागी चीनले ल्याब बनाउने, शैक्षिक क्षेत्रमा विकास गर्ने, एआई, बायोटेक, सेमिकण्डक्टर र क्वान्टम कम्प्यूटिङमा अन्वेषण बढाउने निर्णय लिएको छ ।

त्यसैगरी चीन सरकारले अन्वेषणका लागी पनि सन् २०२१ मा १०.६ प्रतिशतले लगानी बढाउने पनि बताएकोे छ । सँगसँगै दश वर्षिय अन्वेषण योजना पनि बनाउने सरकारको लक्ष्य रहेको छ।

चीनमा ड्राइभरलेस ट्याक्सीले ग्राहकलाई वास्तवमै सेवा दिइरहेको छ । अमेरिकासँगको व्यवसायिक तनावले गर्दा ह्वावे र जेडटीईलाई चीपको समस्या भइरहेको छ । यही कारणले पनि चिनियाँ सरकारले यो योजना तयार पारेको हो ।