कीवर्डहरू -

मकवानपुर प्रहरीले फेला पार्‍यो हराएका २२ थान मोबाइल, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

मकवानपुर प्रहरीले फेला पार्‍यो हराएका २२ थान मोबाइल, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेला पारी सोमबार सम्बन्धित धनीलाई बुझाएको छ ।

मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा करिब ४ लाख ४० हजार मूल्य बराबरका बिभिन्न कम्पनीका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।