कीवर्डहरू -

एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल

एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल

इन्टेलले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको रुपमा द डेटा प्रोटेकसन इन भर्चुअल इन्भारोमेन्ट (डीपीआरआईभी) सँग सहकार्य गर्ने भएको छ ।

डीपीआरआईभी विशेष गरी फुल्ली होमोमर्फिक इन्क्रीपसन (एफएचई) मा केन्द्रित रहेको छ ।

डीपीआरआईभीले एफएचईमा परिमार्जन गरेर सुरक्षाको तह बढाउने प्रयत्न गरिरहेको छ । एफएचईले डेटा डिक्रिप्ट नगरिकनै इन्क्रिप्ट गर्न दिन्छ ।

डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको अनुसार ल्यापटपले केही सेकेडण्मै गर्न सक्ने क्यालकुलेसनहरु अहिलेको समयमा एफएचई रहेको पुरानो सर्भरमा हप्तौँ लाग्न सक्ने पनि हुन्छ ।

त्यही कारणले यसको परफरमेन्सको क्षमतालाई सर्वप्रथम विकास गर्नुपर्ने हुन्छ । इन्टेलले एप्लीकेसनलाई केन्द्रित गरेर एकीकृत सरकीट एक्सीलेटर बनाउनेछ ।

यसले गर्दा एफएचइको स्पीड बढाउन सकिने कम्पनीको विश्वास रहेको छ ।