कीवर्डहरू -

१०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्टमा काम गर्दै टेस्ला

१०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्टमा काम गर्दै टेस्ला

टेस्लाले टेक्ससमा १०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्ट विकास गरिरहेको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार टेस्लाले एङ्गलटनमा मेगाप्याकहरु इन्स्टल गरिरहेको छ ।

यो पूर्ण रुपमा विकास भएपछि यसले करिब २० हजार घरहरुलाई ऊर्जा प्रदान गर्न सक्नेछ । इलेक्ट्रीक रिलाएबीलिटी काउन्सील अफ टेक्सस (ईआरसीओटी) को अनुसार यो जुनको सुरु देखि सञ्चालनमा आउनेछ ।

सन् २०१७ मा पनि टेस्लाले दक्षिण अष्ट्रेलियामा १०० मेगावाटको ब्याट्री फार्म बनाएको थियो ।

अष्ट्रेलियाको जस्तै ब्याट्री स्टोरेज प्रोजेक्ट बनाउने बारे पहिले नै मस्कले एक ट्वीटर प्रयोगकर्ताको कमेन्टमा रिप्लाई गरेर जानकारी दिएका थिए ।