कीवर्डहरू -

पासवर्डको सुरक्षा कसरि गर्ने ?

पासवर्डको सुरक्षा कसरि गर्ने ?

यो ई-मेल तथा इन्टरनेटको युग हो । अहिले विश्वभरका धेरै मानिसहरु सामाजिक संजालका एप्लिकेशन तथा इमेलमा सक्रिय रहन्छन । यसरी सामाजिक संजाल तथा इमेल एकाउन्टहरुको प्रयोग गर्दा आइडी तथा पासवर्डको प्रयोग गरिएको हुन्छ । यदि तपाईहरु पनि कम्प्युटर तथा स्मार्टफोनको प्रयोग गरि इमेल,इन्टरनेट चलाउनुहुन्छ भने पासवर्डको बारेमा अवस्य जानकारी राख्नु हुन्छहोला । यदि पासवर्डको बारेमा जानकारी राख्नुहुन्छ भने तपाईहरुलाई थाह होला कि पासवर्ड एकदमै सुरक्षित हुनुपर्छ र आफुले बाहेक अरु कसैलाई पनि थाह दिनु हुदैन । मानिसहरुमा सधैँ यहि चिन्ता रहन्छ कि राम्रो तथा सुरक्षित पासवर्डको छनोट कसरि गर्ने?जसले गर्दा पासवर्ड क्र्याकरहरुले पासवर्ड क्रयाक गर्न नसकोस ।

सजिलो तथा असुरक्षित पासवर्ड छ भने जहिले चोरि हुने डर रही रहन्छ। पासवर्ड क्र्याकरहरु सँग यस्ता धेरै टुल्स हुन्छन,यसकारण उनीहरुले सजिलै सँग पासवर्ड क्र्याक गर्न सक्छन ।यसकारण पासवर्ड छनौट गर्दा हामीले जहिले पनि अरुले अनुमान गर्न नसक्ने तथा सुरक्षित पासवर्ड राख्न जरुरी हुन्छ । हुन त क्र्याकरहरुले जस्तो पासवर्ड पनि क्र्याक गर्न सक्छन तर केहि गार्हो र सुरक्षित भयो भने उनिहरुलाई पनि क्र्याक गर्न केहि समय भने अवश्य लाग्छ । यसकारण पासवर्ड धेरै सुरक्षित  बनाउनको लागि के गर्ने अथवा कासरी सुरक्षित बनाउन सकिन्छ भने बारेमा तल चर्चा गरिएको छ ।

पासवर्ड असुरक्षित हुने कारणहरु :

आफ्नो पासवर्ड कहिले पनि आफु अथवा आफ्नो परिवार सँग सम्बन्धित राख्नु हुँदैन । पासवर्ड ह्याकरहरुले पासवर्ड ह्याक गर्दा सबैभन्दा पहिले यसैको सहारा लिन्छन् । जस्तै नाम,उपनाम,जन्मस्थान तथा परिवारका नामहरु राख्नु हुदैन ।

साझा शब्दहरु तथा त्यति छोटा शब्दहरु त्यति सुरक्षित हुदैनन् र क्र्याकरहरुले सजिलै पासवर्ड थाह पाउन सक्छन । यसकारण,ड्रागन,लब,गड तथा चिज जस्ता शब्दहरुको प्रयोग गर्नु हुदैन ।

पासवर्ड राख्दा शब्दहरुको भिन्न रुप दिएर पनि सुरक्षित बनाउन खोजिन्छ र त्यस्ता शब्दहरु   डिक्सनरिमा मेल खांदैनन तर पन यस्ता शब्दहरु राखेर बनाइएको पासवर्ड पनि सजिलै  क्र्याक हुन्छन । यस्ता वर्डहरुको उदाहरण: dr0wssap, l0ve, s3cr3t, dr@gont / o:tf हुन् । तर यस्तो पासवर्डहरु माथिका भन्दा केहि सुरक्षित भने हुन्छन ।

आफ्नो पासवर्ड सुरक्षित गर्नका लागि धेरैले शब्दहरुलाई जोडेर पनि बनाउन खोज्छन। साथै यस्ता पासवर्डहरु माथिका भन्दा अलि सुरक्षित हुन्छन । यस्ता पासवर्डहरुको उदाहरण : whatfor, divineright, bigpig, liove, farfetched, catspajamas आदि शब्दहरु हुन् ।

धेरै मानिसहरुले पहिला प्रयोग गरिसकेको पासवर्डहरु  पुन: प्रयोग गर्ने गर्दछन्। तर यसो गर्दा पासवर्ड सुरक्षित हुँदैन। यसकारण एक पटक प्रयोग गरिसकेको पासवर्ड पुन: प्रयोग गर्नु हुँदैन ।

पासवर्ड सुरक्षित गर्ने तरिका :

यदि तपाइलाई आफ्नो पासवर्ड सुरक्षित छैन जस्तो लाग्छ भने तुरुन्तै परिवर्तन गरिहाल्नुहोस । आफुले मेलमा च्याट गरिरहेको बेला आएका लिंकहरुमा कहिले पनि  क्लिक नगर्नुहोस ।

आफ्नो पासवर्डलाई सजिलै भेट्टाउने ठाउँमा कहिले पनि लेखेर नराख्नुहोस् । लेखेर राख्ने बानि छ भने अरुले नभेट्टाउने ठाउँमा लक गरेर राख्ने गर्नु पर्छ ।

यदि कोहि ह्याकरले आफ्नो पासवर्ड क्र्याक गर्न कोशिस गरिरहेको छ तर सकिरहेको छैन, अथवा तपाइलाई पासवर्ड सुरक्षित छैन भन्ने लाग्छ भने आफ्नो पासवर्ड कम्तिमा पनि ६ महिनामा परिवर्तन गर्नुहोस । यसरि पासवर्डलाई नियमित परिवर्तन गर्दा पासवर्ड सुरक्षित रहन्छ ।

पासवर्ड राख्दा सकेसम्म वर्ड,नम्बर र स्पेसल क्यारेक्टरहरु मिक्स गर्नुहोस तर धेरै साइटहरुले स्पेसल क्यारेक्टर सपोर्ट गर्दैन यसकारण क्राइटेरिया राम्रोसँग चेक गरेर संभव बह्ये सम्म स्पेशल् क्यारेक्टर मिक्स गर्नुहोस ।

पासवर्डमा स्मल र क्यापिटल लेटरहरु पनि मिक्स गर्न सकिन्छ। पासवर्ड लामो भयो भने क्र्याकरहरुलाई अनुमान गर्न कठिन हुन्छ र पासवर्ड सुरक्षित रहन्छ ।

पासवर्डलाई सबैभन्दा सुरक्षित राख्नको लागि वाक्यको प्रयोग गर्नु पर्छ । यसरि वाक्यको बीचमा नम्बरहरु समेत राख्न सकिन्छ ।जसले गर्दा पासवर्ड झनै सुरक्षित रहन्छ र क्र्याकरहरुलाई पासवर्ड ह्याक गर्नको लागि असम्भब नै हुन्छ ।