कीवर्डहरू -

प्रविधिमा महिलालाई सशक्त बनाउन ह्वावेले शुरू गर्‍यो वुमन डेभलपर्स प्रोग्राम

प्रविधिमा महिलालाई सशक्त बनाउन ह्वावेले शुरू गर्‍यो वुमन डेभलपर्स प्रोग्राम

ह्वावेले आधिकारिक रूपमा ह्वावे वुमन डेभलपर्स प्रोग्राम (एचडब्लुडी) कार्यक्रम शुरू गरेको छ । महिला डेभलपर्सलाई विश्वव्यापी परिवर्तन गर्न सक्ने एप र उपकरणहरू सिर्जना गर्न सशक्त बनाउने उदेश्यका साथ ह्वावेले यो कार्यक्रम शुरू गरेको हो ।

यस कार्यक्रमको उद्देश्य धेरै महिलालाई करियर विकास र कौशल प्रशिक्षणका लागि अधिक अवसरहरू र प्लेटफर्महरू प्रदान गरेर टेक्निकल इनोवेशनमा सामेल हुन प्रोत्साहित गर्ने राखिएको छ ।

कार्यक्रममा सामेल हुन विश्वभरका कुनै पनि महिला डेभलपर्सले ह्वावे डेभलपर्स आधिकारिक वेबसाइटमा दर्ता गर्न सक्ने छन्।

‘डिजिटल युगमा महिलाहरूलाई उनीहरूको  शिक्षा र प्रशिक्षणमा पहुँच सुनिश्चित गर्न अझ बढी अवसर र समर्थन दिन आवश्यक छ, ता कि उनीहरू डिजिटल अर्थव्यवस्थामा साधारण रुपमा प्रतिस्पर्धी हुन सकुन्’ ह्वावेले घोषणामा भनेको छ, ‘महिलालाई यी सीपले सुसज्जित पार्नाले सामाजिक एकीकरण र समावेशी र विविधताले भरिएको समाजलाई बढावा दिन्छ ।’

ह्वावेका वरिष्ठ उपाध्यक्ष चेन लिफांगले भने ‘हामी विश्वास गर्दछौं कि महिलाहरूले टेक्नोलोजिकल इनोभेसनको नेतृत्व गर्नेछन् । हामी आशा गर्दछौं कि ह्वावे वुमन डेभलपर्स प्रोग्रामले महिलाहरूलाई उनीहरूको कला र विशेष भ्यालुको राम्रो उपयोग गर्न मद्दत पुर्‍याउनेछ र उनीहरूलाई नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ । यसले हाम्रो संसारलाई राम्रो ठाउँ बनाउनेछ ।’

ह्वावे वुमन डेभलपर्स प्रोग्राम लैंगिक समानता प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धताको लागि ह्वावेको यो नयाँ पहल भएको जनाइएको छ ।

कार्यक्रमले सहभागीलाई प्राविधिक नवीनता र करियर विकास मार्गहरूको प्रशिक्षणका साथै विभिन्न क्षेत्रका अत्याधुनिक प्रविधिहरूमा विशेषज्ञहरूसँग भेट्ने अवसरहरू, र ‘ह्यन्ड्स अन’ र परिस्थितीमा आधारित प्रयोग र अभ्यासमा सहभागी हुने अवसर प्रदान गर्दछ ।

ह्वावेले उक्त डेभलपर्स प्लेटफर्ममा महिला डेभलपर्सको लागि एक विशेष समुदाय सिर्जना गर्ने र अनलाइन, अफलाइन इभेन्ट्सको श्रृंखला आयोजना गर्ने जनाएको छ ।

शाइनिंग–स्टार कार्यक्रमको माध्यमबाट ह्वावेले महिला विकासकर्ताहरूलाई नवीनता र उद्यमशीलतालाई प्रोत्साहित गर्न विशेष प्रोत्साहन प्रदान गर्दछ ।

ठूला सम्भावनाको साथ उत्कृष्ट कार्यक्रमहरू विकास गर्ने यस कार्यक्रमका सहभागीहरूले भविष्यका अभियानहरूमा प्रस्तुत हुने अवसर पाउनेछन् र अन्य आधिकारिक ह्वावे कार्यक्रमहरूमा आमन्त्रित हुनेछन् ।

आजसम्म ह्वावेले आयरल्याण्ड, अर्जेन्टिना, बंगलादेश, केन्या, र दक्षिण अफ्रिका लगायत धेरै देशहरूमा महिलाहरूको लागि समान डिजिटल कौशल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सुरू गरिसकेको छ ।

ह्वावेका अन्य आईसीटी प्रशिक्षण कार्यक्रम जस्तै सिड्स फर द फ्युचरमा ३० प्रतिशत भन्दा बढी प्रशिक्षार्थीहरू महिला छन् ।

ह्वावे वुमन डेभलपर्स प्रोग्राम अब विश्वभरका महिला विकासकर्ताहरूको लागि खुला छ । यस बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।