कीवर्डहरू -

त्रिवि र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच शैक्षिक सञ्जाल स्थापित गर्न सम्झौता

त्रिवि र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच शैक्षिक सञ्जाल स्थापित गर्न सम्झौता

त्रिभुवन विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क बीच तिव्र गतिको अनुसन्धान तथा शैक्षिक सञ्जाल स्थापित गर्न दुईपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ ।

यस सञ्जालमा आबद्ध भएपछि केन्द्रीय क्याम्पसका विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राध्यापकहरुले विश्वका अन्य देशका अनुसन्धान तथा शैक्षिक सञ्जालमा पहुँच स्थापित गर्न सकिने छ ।

मंगलबार सम्पन्न भएको कार्यक्रममा त्रिविको तर्फबाट शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुसाल तथा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका तर्फवाट अध्यक्ष लोचनलाल अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

त्रिवि उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त वास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहाल, इन्जिनीयरिङ अध्ययन संस्थानका डिन प्रा.डा. शशिधर राम जोशी, त्रिवि स्थित सुचना प्रविधि नबप्रवर्द्धन केन्द्रका निर्देशक प्रा.डा सुवर्ण शाक्य, पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्य, उर्जा अध्ययन केन्द्रका निर्देशक प्रा.डा त्रिरत्न बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले विगत एक दशक भन्दा बढि समयदेखि नेपालमा अनुसन्धान तथा शैक्षिक सञ्जालको आवश्यकता बारे पैरवी गर्दै आइरहेको छ ।

हालसम्म नेपालका २० वटा भन्दा वढि अनुसन्धान तथा शैक्षिक संघ संस्थाहरु यस सञ्जालमा आबद्ध भएका छन् । केहि हप्ता अगाडि मात्र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान यस विश्वव्यापी सञ्जालमा जोडिएको छ ।