कीवर्डहरू -

एमएनएसले खरिद गर्‍यो हाम्रो बजार, नयाँ सीईओमा रोहित तिवारी नियुक्त

एमएनएसले खरिद गर्‍यो हाम्रो बजार, नयाँ सीईओमा रोहित तिवारी नियुक्त

नेपालको लोकप्रिय इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड सेकर्स (एमएनएस) इन्भेष्टमेन्टले खरिद गरेको छ ।

एमएनएसले हाम्रो बजारलाई खरिद गरेपछि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा रोहित तिवारी नियुक्त गरेको छ ।

एमएनएसले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै हाम्रो बजार खरिद गरेको र तिवारीलाई नयाँ सीईओमा नियुक्त गरेको जानकारी दिएको हो । एमएनएसले हाम्रो बजारलाई कति मूल्यमा खरिद गर्‍यो त्यो भने जानकारी दिएको छैन् ।

एमएनस इन्भेस्टमेन्टका अध्यक्ष सम्भव सिरोहीयाको अनुसार हाम्रो बजारलाई एमएनएसले अझै नयाँ उचाईमा पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।

यो सहकार्यले नेपालको डिजिटल मार्केटप्लेसको विकासमा अझै योगदान पुग्ने सिरोहीयाको विश्वास रहेको छ । रोहित तिवारी अनलाइन फुड डेलिभरी गर्ने कम्पनी फुडमारियोका संस्थापक समेत हुन् ।

\"\"