कीवर्डहरू -

सञ्चालनमा आयो नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस

सञ्चालनमा आयो नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस

नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस सञ्चालनमा आएको छ । मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सो सञ्जालको उद्घाटन गरेका हुन् ।

देशमा रोजगार सृजनाका लागि र रोजगारदाता तथा श्रमिक बीचको पुलको रुपमा रहेर काम गर्ने सञ्जालले भूमिका खेल्ने मन्त्री चौधरीले बताए ।

नयाँ सम्भावनाको सञ्जाल नारा दिइएको यस व्यावसायिक सञ्जालमा फोर इको सिद्धान्त रहेको कम्पनीका अध्यक्ष अनुप जंघमले बताए । रोजगारी, उद्यमशीलता, शशक्तिकरण र संलग्नता यसका सिद्धान्त हुन् ।

रोलिङले रोलिङ कर्मशील स्वदेश र कर्मशील विदेश उप पनि सार्वजनिक गरेको छ । कर्म शब्दले कर्म र श्रममा निर्भर हुने श्रमिकलाई जनाउँछ । यसलाई प्रयोगकर्ताको  प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजन गरिएको हो ।

१८ वर्षदेखि ६५ बर्षका उमेर समुहमा पर्ने करिब २ करोड श्रमशक्तिका रुपमा रहेको नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पूर्ण व्यावसायिक सामाजिक सञ्जालको प्लेटफर्म दिएर उद्यमशीलता प्रवर्द्धन गर्ने कम्पनीको उदेश्य रहेको जंघमले बताए ।

रोलिङ नेक्ससको एप  रोलिङ जब, रोलिङ टेण्डर, रोलिङ फ्रिलान्स,  रोलिङ क्याट, रोलिङ इभेन्ट, रोलिङ छलफल र रोलिङ बजार गरी सात समुहमा विभाजित छ ।