कीवर्डहरू -

अब मोबाइलबाटै भारतबाट नेपाल पैसा पठाउन सकिने

अब मोबाइलबाटै भारतबाट नेपाल पैसा पठाउन सकिने

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र भारतको बैंक अन असबीच ‘पैसा पठाउने एप्स’ सञ्चालनको सम्झौता गरेको छ । यो सेवा भारतमा रहेका नेपालीहरुलाई लक्षित गरेर ल्याइएको हो ।

जसअनुसार भारतमा रहेका नेपालीहरुले आफ्नो मोबाइल फोन मार्फत चाहेको समयमा नेपालमा पैसा पठाउन सक्छन् । यो सेवा नेपाली आप्रवासी वा भारतका सबै क्षेत्रका नागरिकका लागि पनि उपलब्ध छ । भारतमा बैंकहरू बिदा भएको दिन पनि यो एप्समार्फत ग्राहकहरुले पैसा पठाउने काम गर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्नका लागि रकम पठाउनेले आफ्नो जानकारीसहित एप्समा एकपटक रजिस्ट्रेसन गर्नुपर्नेछ, त्यस्तै नेपालमा रकम प्राप्त गर्नेले पनि रजिस्ट्रेसन गर्नुपर्नेछ । । त्यसपछि, भारतस्थित बैंक एकाउन्टबाट सम्बन्धित व्यक्तिले रकम पठाउन सक्नेछ ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले मान्यता दिएका बिएचआईएम, युपिआई, गुगल पे, फोन पिई, पे टाइम, ह्वाटस् एप पे,लगायत डिजिटल मोबाइल पेमेन्ट प्लेफर्महरुमा पैसा पठाउने एप्स चल्ने पनि बैंकले जनाएको छ ।

महामारीको समय यो सेवाले घरबाहिर निस्कनुपर्ने बाध्यता कम गर्ने तथा यो सेवा निकै प्रभावकारी हुने इन्भेस्टमेन्ट बैंकले अपेक्षा गरेको छ । यस सेवामार्फत वर्षमा १२ पटक भारतमा रहेका नेपालीले अधिकतम ५० हजार भारुसम्म नेपाल पठाउन सक्नेछन् ।