कीवर्डहरू -

साओमीको नयाँ सर्भिस सेन्टर धनगढीमा

साओमीको नयाँ सर्भिस सेन्टर धनगढीमा

साओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्समा संचालनमा ल्याइएको हो । साओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा रहेका छन् ।

साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको जनाएको छ ।
यस अवसरमा साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो ।’

‘हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौँ,’ उनले भने ‘यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

‘धनगढीको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्ने अवसर प्रदान गरेको छ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले हाम्रा नेपालभरका सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउनेछ’ उनले भने ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको पनि कम्पनीले दावी गरेको छ ।