कीवर्डहरू -

५ हजार एमएएचको ब्याट्री भएको ग्यालेक्सी ए १२ नेपालमा

५ हजार एमएएचको ब्याट्री भएको ग्यालेक्सी ए १२ नेपालमा

सामसङले नेपाली बजारमा ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ सार्वजनिक गरेको छ । ६.५ इन्चको एचडी इन्फिनिटी डिस्प्ले भएको ग्यालेक्सी ए १२ नेपालमा सार्वजनिक भएको हो ।

फोनमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा सहित क्वाड क्यामेरा तथा ५ हजार एमएएचको ब्याट्री लगायतका विशेषता रहेका छन् ।

ए १२ मा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित ५ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर र मेगापिक्सेल म्याक्रो क्यामेरा रहेका छन् ।

फोनमा एक्सीनोस ८५० चीपसेट प्रयोग गरिएको छ । त्यसैगरी ग्यालेक्सी ए १२ मा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमा फिंगरप्रिन्टको समेत सुविधा रहेको छ ।

नेपालमा ग्यालेक्सी ए १२ स्मार्टफोन कालो, नीलो तथा रातो रंगह उपलब्ध छन् । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको ए १२ को मूल्य मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ भने ४ जीबी र्याम र १२८ जिबी स्टोरेज रहेको ए १२ को मूल्य  १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।