कीवर्डहरू -

थाईल्यान्डमा ह्वावेले पायो डिजिटल इन्टरनेसनल कर्पोरेसन अफ द इयरको अवार्ड 

थाईल्यान्डमा ह्वावेले पायो डिजिटल इन्टरनेसनल कर्पोरेसन अफ द इयरको अवार्ड 

थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान गरेका छन् ।

प्रधानमन्त्रीले ह्वावेका कार्यकारीहरुलाई बधाई दिदै थाइल्याण्डलाई अगाडि बढाउन कम्पनीको मिसन जारी राख्न आग्रह गरेका थिए ।

प्रयुतले आफ्नो सरकारले फाइभजी र एआई प्रणालीको विकासमा जोड दिने बताए भने आजको सफलताले देशका लागि व्यवसायका अवसरहरू सिर्जना गर्ने आशा पनि व्यक्त गरे ।

यो पुरस्कार २१ बर्ष अघि ह्वावे थाईल्यान्ड राज्यमा स्थापना भई थाई समाजलाई यसको महत्वपूर्ण सहयोग तथा उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने यसको प्रयासको लागि सम्मान हो । यो पुरस्कार प्राप्त गर्ने यो एक मात्र अन्तर्राष्ट्रिय कम्पनी हो ।

\"\"

डिजिटल इकोनोमी प्रमोशन एजेन्सीका अध्यक्ष नट्टापोन निम्मानफटचरिनले पुरस्कार समारोहमा भने, ‘ह्वावेसँगको हाम्रो सहकार्यले देशको विकासमा योगदान पुर्‍याउँछ । प्रविधि मार्फत प्राकृतिक प्रकोप, सुरक्षा खतराहरू, स्वास्थ्य संकट लगायत आपतकालिन रेस्पोन्सको लागि प्रयोग गर्दा पनि महत्त्वपूर्ण छ ।’

कोरोना महामारीको क्रममा ह्वावेले एआई–सहयोगी समाधान र देशको चिकित्सा टोलीलाई अस्पतालहरुमा सहयोग गर्न फाइभजी प्रविधि प्रयोग गरेको समेत उनले बताए ।

‘थाइल्यान्डको पहिलो फाइभजी इकोसिस्टम इनोभेसन सेन्टर ह्वावेको सहयोगमा सुरू भएको हो’ उनले भने ‘फाइभजी टेक्नोलोजीले थाइल्यान्डलाई आफ्नो व्यवसायिक प्रतिस्पर्धा बढाउन सहयोग पुर्‍याएको छ । थाइल्यान्ड ह्वावेको डिजिटल अर्थव्यवस्था ड्राइभ गर्न लगातार प्रयास र सद्भावनाको लागि कृतज्ञ छ ।’

ह्वावे थाईल्याण्डका सीईओ आबेल डेङ्गले भने, ‘ह्वावेले दीर्घकालीन साझेदारीको महत्त्व राख्छ र थाइल्याण्डलाई डिजिटल युगको अग्रस्थानमा राख्न मद्दत गर्न ग्राहकहरू र साझेदारहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ ।’

उनका अनुसार ग्रो इन थाइल्यान्ड कन्ट्रीब्युट टु थाइल्यान्ड भन्ने मिसनको साथ, ह्वावेले एसिया–प्यासिफिक क्षेत्रमा थाइल्याण्डलाई एक डिजिटल हब निर्माण गर्न मद्दत गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदछ ।

उनले भने, ‘हामी प्रत्येक व्यक्तिको लागि, हरेक घरमा डिजिटल ल्याउनेछौं, जस मार्फत पूर्ण रूपमा कनेक्टेड र इन्टेलिजेन्ट थाइल्यान्ड बन्नेछ ।’