कीवर्डहरू -

कोरोना खोपको बारेमा गलत जानकारी दिने  ३० हजार भिडियो युट्युबबाट डिलिट

कोरोना खोपको बारेमा गलत जानकारी दिने  ३० हजार भिडियो युट्युबबाट डिलिट

युट्युबले कोरोना खोपको बारेमा गलत जानकारी फैलाउने ३० हजार भिडियोलाई डिलिट गरेको छ ।

गलत जानकारीको विरुद्धमा नीति आएको ६ महिना पछि युट्युबले भिडियोहरु डिलिट गरेको हो ।

अक्टोबर भन्दा पहिले पनि युट्युबले कोरोनाको बारेमा गलत जानकारी बारे नीति ल्याएको थियो तर यसमा खोपलाई तोकेर केहीपनि लेखिएको थिएन् ।

यस भन्दा अगाडि युट्युबले कोरोनाको बारेमा गलत जानकारी फैलाउने ८ लाख भिडियोलाई पनि डिलिट गरेको थियो ।

फेसबुक र ट्वीटरले पनि गलत जानकारी फैलिन नदिन केही नीतिहरु ल्याइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन र अरु प्रशासनहरुको जानकारी बाहेकको जानकारीलाई युट्युबले आधिकारिक नमान्ने बताएको छ ।