कीवर्डहरू -

गूगल म्यापमा अब फोटो र मिसिङ रोड अपलोड गर्न सकिने

गूगल म्यापमा अब फोटो र मिसिङ रोड अपलोड गर्न सकिने

गूगलले गूगल म्यापलाई अझै राम्रो बनाउन नयाँ फिचर ल्याउने भएको छ ।

सर्वप्रथम गूगलले राष्ट्रभर स्थानिय व्यवसायहरुमा रिभ्यू छोड्नका लागी प्रोत्साहित गरिरहेको छ । यसले अरुलाई पनि त्यो ठाउँ कस्तो छ भनेर जानकारी लिन मद्दत पु¥याउँछ ।

यो फिचरलाई गूगलले लोकल लभ च्यालेन्जको नाम दिएको छ र एन्ड्रोइड प्रयोगकर्ताले यसलाई अर्काे महिना देखि प्रयोग गर्न पनि पाउनेछन् । यसमा स्टोर खुल्ने र बन्द गर्ने समय पनि अपडेट गर्न सकिन्छ ।

गूगलको अर्काे नयाँ फिचरले गर्दा म्यापमा कुनैै ठाउँको फोटो पनि अपडेट गर्न मिल्छ । त्यसमा फोटो सहित छोटो टेक्स्ट पनि लेख्न मिल्छ ।

फोटोहरु अपडेट ट्याबमा आउनेछ । त्यहीसँगै अब गूगल म्यापमा कुनै छुट्टिएको रोड छ भने त्यसलाई साइड मेन्यूमा थिचेर एडिट गर्न सकिन्छ ।

गूगलले आउँदो महिना भरिमा यी फिचरहरु ८० ओटा देशहरुमा उपलब्ध गराउनेछ ।