कीवर्डहरू -

शुरू भयो भोजको वृहत अनलाइन खाना मेला, ७० प्रतिशत सम्म छूट पाइने

शुरू भयो भोजको वृहत अनलाइन खाना मेला, ७० प्रतिशत सम्म छूट पाइने

अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्‍याउने 'भोज' ले सुरु गरेको अनलाइन खाना मेला शुक्रबारबाट सुरु भएको छ।

मेलाको दौरानमा उपत्यका भित्रका २०० भन्दा बढी रेष्टुराँहरुबाट खाना अर्डर गरे बापत ७० प्रतिशतसम्म छुट पाइने र ई सेवा र फोन पेका माध्यमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने भोजका संस्थापक निकेत अग्रवालले बताए ।

रु ९९, रु ९९९, एक किन्दा एक सित्तैमा, का साथै रु १ मा पनि विभिन्न परिकारहरू यस मेलामा पाइने छन् । ७ दिन सम्म चल्ने मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरू समेत हुने बताइएको छ।

प्रत्येक अर्डरमा ग्राहकले सोमेर्स्बी, कोका कोला, पठाओ सवारी, टु पिएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) मध्ये कुनै उपहारहरू पाउनेछन्। साथै हरेक अर्डरमा विभिन्न रेस्टुरेन्टका डिस्काउन्ट भाउचर पनि जित्ने छन्।

चौथो संस्करणमा हुन लागेको अनलाइन खाना मेला अन्य सबै अनलाइन फुड फेस्टिभल भन्दा राम्रो हुने भोजको दाबी छ।

खाद्य संस्कृतिलाई अझ आकर्षक बनाउन र खानाका पारखीहरूलाई सेवा गर्न भोजले नेपालमा पहिलो पटक अनलाइन खाना मेला २०१७ सालमा सुरु गरेको थियो। संस्थापक अग्रवालले यस पालिको संस्करण कोरोना - १९ सँग आफू भन्दा समाज प्रतिको दायित्वलाई प्राथमिक राखेर सक्रिय रूपमा लड्ने हाम्रा डाक्टर, स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, प्रहरी, सामाजिक कार्यकर्ता, होम डेलिवेरी गर्नेहरूलाई समर्पित गरेको जानकारी गराए।

‘भोज’ खानाका पारखीहरूका लागि लोकप्रिय मोबाइल एप हो। यस एपको माध्यमबाट प्रयोगकर्ताहरुले खाना डेलिभरीको लागि अर्डर गर्न, निः शुल्क रेस्टुरेन्ट डिलहरु लिन, समीक्षा पढ्न, मेनुहरू ब्राउज गर्न, भोज वालेटमा नगद कमाउन सक्दछन् भने भोज वालेटलाई रेस्टुरेन्टहरूमा पनि प्रयोग गर्न सक्दछन्।

भोजबाट रेस्टुरेन्टको खाना बाहेक किरानाका समान, सब्जी तरकारी, फलफूल तथा फ्रोजन खाद्य सामग्री पनि ग्राहकको घरमा पुर्‍याइदिन सकिन्छ। हाल भोज मार्फत ५०० भन्दा बढी रेष्टुराँहरुबाट खाना अर्डर गर्न पाइन्छ। अर्डर गर्नका भोज एप, वेबसाइट अथवा फोनको प्रयोग गर्न सकिन्छ।