कीवर्डहरू -

नेपालमा सार्वजनिक हुँदै ओपो एफ १९ प्रो, यस्ता छन् फिचर

नेपालमा सार्वजनिक हुँदै ओपो एफ १९ प्रो, यस्ता छन् फिचर

ओपोले यही चैत्र ३ गते ‘एफ १९ प्रो’ सार्वजनिक गर्ने भएको छ । लाइभलञ्च इभेन्टमा ओपोका ब्राण्ड फ्रेन्ड तथा कलाकार स्वस्तिमा खड्का, तृष्णा गुरुङ र कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ । एफ १९ प्रोमा ४८ मेगापिक्सेल मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध रहेको छ भने फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ मेगापिक्सेल अल्ट्रा वाइड(एंगल क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेल मोनो क्यामेराका साथमा काम गर्छ ।

प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्ने भएकाले फोनमा ३२एमपी फ्रण्ट(फेसिङ क्यामेराको प्रयोग गरिएको छ ।

ओपो एफ१९ प्रोमा ९०.८ प्रतिशत स्क्रिन(टू(बडी रेसियो र ईन(डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको  चहकिलो ६.४३ ईञ्च पञ्च होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

यो फोनमा एक पटक पूर्णरुपमा चार्ज गरि सकेपछि १६ घण्टा सम्म अनलाईन भिडियो प्लेब्याकको मज्जा लिन सकिने कम्पनीले दावी गरेको छ ।