कीवर्डहरू -

अब क्युआर कोड स्क्यान गरेरै बसको भाडा तिर्न सकिने

अब क्युआर कोड स्क्यान गरेरै बसको भाडा तिर्न सकिने

बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा पूर्वी नेपालका विभिन्न कम्पनीका बसहरूमा सेवा शुभारम्भ गरेको छ ।

बैंकले  पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरूमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा शुभारम्भ गरेको हो ।

उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।