कीवर्डहरू -

आफैले घरैमै दही बनाउन सकिने सामसङको रेफ्रिजेनेरेटर नेपालमा

आफैले घरैमै दही बनाउन सकिने सामसङको रेफ्रिजेनेरेटर नेपालमा

सामसङले नेपाली बजारमा कर्ड मास्ट्रो एण्ड ट्रेड रेफ्रिजेनेरेटर बजारमा ल्याएको छ । यस रेफ्रिजेनेरेटर खानेकुरालाई सुरक्षित मात्र नभइ आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन समेत सकिन्छ ।

यो फ्रिजले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्नेछ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण सुरु गरिएको कम्पनीले जनाएको छ ।

यसबाट जस्तोसुकै मौसममा पनि एकनासको दही बनाउन सकिने छ । यो रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ६३ हजार ९९० देखि  ७८ हजार ९९० रुपैयाँसम्म तोकिएको छ ।