कीवर्डहरू -

प्रा.डा. पोखरेल केयु - स्कुल अफ इन्जिनियरिङको डीनमा नियुक्त 

प्रा.डा. पोखरेल केयु - स्कुल अफ इन्जिनियरिङको डीनमा नियुक्त 

काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डीनमा प्रा.डा. मनिष पोखरेल नियुक्त हुनुभएको छ ।


कर्नाटक विश्वविद्यालयबाट कम्युटर साइन्समा स्नातक गर्नुभएका पोखरेलले भारतकै बीआइटीएसबाट सफ्टवेयर सिस्टममा मास्टर्स गर्नुभएको हो । पोखरेलले इगर्भनेन्समा पिएचडी र पोस्ट डक्टोरेट भने दक्षिण कोरियाको कोरिया एरोस्पेश विश्वविद्यालयबाट पुरा गर्नुभएको छ ।

\"\"

केहि वर्षअघि उहाँले विभागको प्रमुख (एचओडी) को रुपमा समेत जिम्मेवारी निवार्ह गरिसक्नुभएको छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स र नयाँ प्रविधिहरुमा उहाँको रुची र अनुसन्धान केन्द्रित छ ।


पोखरेल लामो समयदेखि विश्वविद्यालयको कम्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागमा प्राध्यापकका रुपमा रहनुभएको थियो । केहि वर्षअघि उहाँले विभागको प्रमुख (एचओडी) को रुपमा समेत जिम्मेवारी निवार्ह गरिसक्नुभएको छ ।


उहाँलाई सुचना प्रविधिको क्षेत्रमा एक विज्ञको रुपमा धेरैले चिन्दछन । विभिन्न अनुसन्धान र अनलाइन लर्निङमा कोरियाका विभिन्न विश्वविद्यालयसँग पनि उहाँले सहकार्य गर्दै आइरहनुभएको छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स र नयाँ प्रविधिहरुमा उहाँको रुची र अनुसन्धान केन्द्रित छ ।

पोखरेल नेपालको सूचना प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्ड मानिएको ‘आइसिटी अवार्ड‘ को जुरी सल्लाहकार समेत रहनुभएको छ ।