कीवर्डहरू -

बैशाख २८ गतेदेखि \'क्यान इन्फोटेक २०२१\' आयोजना हुदै

बैशाख २८ गतेदेखि  \'क्यान इन्फोटेक २०२१\' आयोजना हुदै

सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिएको क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । ६ दिनसम्म संचालन हुने इन्फोटेक जेष्ठ २ गते समापन हुने आयोजकले जनाएको छ । आयोजक क्यान महासंघका अध्यक्ष नवराज कुवरले फेसबुक मार्फत इन्फोटेकको लागि स्पोन्सर र स्टल खुल्ला रहेको जानकारी गराएका छन ।


क्यान महासंघले आयोजना गर्दै आइरहेको इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिका विभिन्न प्रडक्ट, सेवाहरु प्रदर्शनीमा रहनेछन । नयाँ प्रविधिहरु अवलोकन गर्न लाखौ मानिसहरु क्यान इन्फोटेक आउने गरेका छन ।

\"\"

क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिका विभिन्न प्रडक्ट, सेवाहरु प्रदर्शनीमा रहनेछन । नयाँ प्रविधिहरु अवलोकन गर्न लाखौ मानिसहरु क्यान इन्फोटेक आउने गरेका छन ।


२७औं संस्करणको रुपमा आयोजना हुन लागेको यस वर्षको इन्फोटेक कोभिड १९ को कारण केहि महिना पछाडी आयोजना हुन लागेको हो । गतवर्ष फागुन २ गतेदेखि ६ दिनसम्म आयोजना भएको इन्फोटेक यस वर्ष झण्डै ३ महिनापछि आयोजना हुन लागेको छ । गत वर्ष विभिन्न मितिमा सातै प्रदेशमा इन्फोटेक आयोजना गरिएको थियो ।


प्रभु पे शिर्ष प्रायोजक रहेको इन्फोेटेकमा वल्र्डलिंक इन एसोसिएसनमा रहेको छ । यसैगरी अन्य स्पोन्सर र स्टलको लागि क्यान महासंघले आइतबारदेखि बुकिङ खुल्ला गर्ने जनाएको छ ।