कीवर्डहरू -

गणितको महत्व (कविता) - रोजा किरण बासुकला

गणितको महत्व (कविता) - रोजा किरण बासुकला

आज मार्च १४ अर्थात विश्व गणित दिवस । विश्व गणित दिवस नेपाल सहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व गणित दिवस सन् २००७ मार्च १४ बाट मनाउन शुरु गरिएको थियो ।

‘गणित’ भन्ने शब्द संस्कृतबाट आएको हो । गणित जहाँ पनि प्रयोग हुन्छ । हाम्रो वरिपरि भएका हरेक चीज गणित हुन् । गणित धेरैलाई अप्ठ्यारो लाग्ने विषयमा पर्द्छ । तर गणित विषय बुझ्न सकियो भने अन्य विषय जस्तै सरल र सहज छ ।

विश्व गणित दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणकी उप निर्देशक रोजा किरण बासुकला ले गणितको महत्व’ विषयमा लेखेको कविता यस प्रकार छ ।

गणितको महत्व

स्कुले जीवनदेखि सिकाइने गणित
कति जीवन उपयोगी रहेछ फलतः
विज्ञान प्रविधि नै यसमा आधारित
लगाउनु पर्छ है गणितसँग मित

किनमेल गर्दा पनि चाहिने गणित
जोड, घटाउ, गुणान, भाग मात्र हैन त
अंकको खेल खेल्नु पर्छ पुर्‍याई रित
सबैलाई अत्यावश्यक जीवन परन्त

अलि बढी गर्नुपर्छ गणितमा मेहनत
अभ्यास धेरै चाहिनेमा छैन है दुई मत
हिसाब मिलाए पूर्णाँक पाइने क्या बात !
समयकै हिसाबमा चल्दछ दिन र रात

गणना हुन्छ जनको जाँदा पनि जन्त
मतको गणना नमिले परिणाम हुन्छ अन्त
गणितको महत्व कति रै छ भन त ?
नजाने गणित जीवन लाग्छ मरन्त